चाड पर्वमा खर्चको जोहो गर्न हरियो जुनार बजारमा

चाड पर्वमा खर्चको जोहो गर्न हरियो जुनार बजारमा

सिन्धुली : यो वर्ष पनि मौसम अगाबै सिन्धुलीका किसानले जुनार बिक्री गर्न थालेका छन्। कोरोना भाइरसको त्रासका बीच लामो समयदेखि लकडाउन हुँदा आर्थिक समस्यामा परेका जुनार कृषकहरुले समय आगाबै जुनार बाजारमा ल्याएका हुन्।

बगैंचाबाट जुनार टिप्ने उपयुक्त समय मंरिस पहिलो साताबाट हुने भए पनि आर्थिक समस्यामा परेका किसानले दुई साता अघिदेखि नै हरियो जुनार बिक्री गर्न थालेका हुन्। दसैं तथा तिहार जस्ता पर्वहरुमा हरियो नै भए पनि राम्रो मुल्यमा बिक्री हुने भएपछि समयभन्दा एक महिना अघिदेखि नै जुनार बिक्री गर्न बाध्य भएको किसानले जनाएका छन्। चाडपर्व मान्न समेत समस्या हुने भएपछि सिजन अघि नै भए पनि जुनार बेचेर आफ्नो गर्जो टार्नु पर्ने समस्यामा परेको जुनार किसान निर्मलकुमार रम्तेलको भनाइ छ। 

‘यतिबेला सिजन नभए पनि किसानले ७० देखि सय रुपैयाँसम्म प्रति केजी जुनार बिक्री गर्ने गरेका छन् यो राम्रो मुल्य हो। उपभोक्ताले पनि जुनार खोज्न थालेको र किसानले पनि गर्जो टार्न बिक्री गर्नु परेको हो’, उनले भने। जुनारको पकेट क्षेत्र मानिने सिन्धुलीको जलकन्या, रतनचुरा, रानिचुरी, हत्पते, बेलघारी लगाएतका क्षेत्रका जुनार कृषकहरुले यस्तो जुनार बजारमा ल्याउन थालेका हुन्।

उता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिन्धुलीका प्रमुख देवराज अधिकारीले भने सिजन अघि नै जुनार बजारमा बिक्री गर्दा उपभोक्तामाझमा राम्रो नहुँने बताउँछन्। 

‘यस वर्ष तिहारपछि मात्र जुनारको फल खान योग्य हुने अवस्था छ तर, किसानले अहिले नै जुनार बिक्री गर्दा जुनार अमिलो नै हुने हुँदा उपभोक्ताहरुले यस फलका विषयमा प्रश्न उठाउन सक्छन्। त्यसैले समय भएपछि मात्र जुनारलाई बिक्रीका लागि बजारमा लैजाँदा राम्रो हुने थियो’, अधिकारीले भने। उनले यस वर्ष जिल्लामा जुनारको उत्पादन भने बढ्ने बताएका छन्। ‘सुरुमा गत वर्षको तुलनामा झण्डै २५ प्रतिसतसम्म जुनार उत्पादन वृद्धि हुने अपेच्छा गरिए पनि गत बैशाख अन्तिममा आएको असिना पानीले ठुलो क्षती गरेको थियो। तर, पनि यो वर्ष झण्डै १० प्रतिशत जुनारको उत्पादन वृद्धि भएको छ’, उनले थपे।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपरजोन) संचालनमा आएपछि जुनारमा लागेको रोगकिराको समेत नियन्त्रण गरिएको अधिकारीको भनाइ छ। 

जिल्लामा गत वर्ष ८ हजार १ सय ४५ मेक्ट्रिकटन जुनार उत्पादन भएको थियो। विगतका वर्षमा जुनारमा फल कुहाउने औषा झिगा (चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स)को प्रकोप देखिए पनि यस वर्षबाट जुनार सुपर जोन कार्यालयले क्षेत्रगत किरा नियन्त्रण विधि अपनाएपछि न्युनीकरणमा आएको अधिकारी बताउँछन्। 

जुनार उत्पादनका दृष्टिले राजधानी मानिएको सिन्धुलीमा १ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिँदै आएको छ। जुनार यहाँका महाभारत क्षेत्रका कृषकको मुख्य आम्दानीको श्रोत समेत बनेको छ।

जुनारबाट मात्र जिल्लामा ५ हजार बढी कृषकले रोजगार पाउँदै आएका छन्। नेपाल भ्रमण वर्ष २०२० का लागि सिन्धुलीमा आउने आन्तरिक तथा बाह्य पर्यटहरुले समेत जुनारको बगैंचाको अवलोकन गर्ने र जुनारको फल लैजाने गरेको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.