म्युजिक भिडियो 'आकाशै को'बाट मोडल मुना गौचनको कमब्याक
काठमाडौँ : 'फेस अफ क्लासिक डायमंड २०१७' र 'मिस इको नेपाल २०१९' विजेता मुना गौचन 'आकाशै को' बोलको गीतको म्युजिक भिडियो मार्फत कमब्याक गरेकि छन् ।
ट्री इन्टरटेन्मेन्टको लगानीमा मदानी क्रिएसनले प्रडक्सन गरेको यस भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । भिडियो कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टकै युट्युब च्यानल मार्फत रिलिज भएको छ । उक्त गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, आनन्द राईको संगीत, गोपाल रसाईलीको संगीत संयोजन र डा. राजु बाबु श्रेष्ठको शब्द रचना छ । भिडियोमा मुनासँग अभिनयमा रोचक जोशी पनि देखिएका छन् ।
'एम एण्ड एस' म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले 'टिजीआईएफ फेसन विक २०१६' मा पनि सहभागिता जनाएकी थिइन् । अन्य धेरै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी मुनाले एनसेल को विज्ञापन मार्फत डेब्यु गरेकी थिइन् । त्यसपछि उनले 'नेपाल आइस' लगायत दर्जनौँ विज्ञापन खेलीसकेकी छन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायत विज्ञापनमा अभिनय गरेकी छन् । गएको मार्चमा उनी 'रंग लगाया तुने' बोलको हिन्दि गीतको भिडियोमा पनि देखिएकी थिइन् ।
केही फिल्ममा समेत कुशल अभिनय क्षमता प्रस्तुत गरिसकेकी मुना कोभिड १९ महामारीपछि नेपाल फर्केकी हुन् । फर्किएलगत्तै उनले 'आकाशै को' भिडियोमा आबद्ध भएर कमब्याक गरिन् । हाल उनी केही विज्ञापन र केही फिल्म स्क्रिप्टहरु पनि पढिरहेकी छिन् ।