उपत्यकामा थप १२ सय ६१ जनामा कोरोना संक्रमण

उपत्यकामा थप १२ सय ६१ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका १२ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। काठमाडौंका ९७६ ,भक्तपुरका ८१  र ललितपुरका २०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको  छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको जानकारी दिए।  जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् । 

२४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ ३९३  जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १०९ रहेका छन्।

२४ घन्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएको छ। ३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.