कोरोनाले एकैदिन २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो
काठमाडौं : नेपालमा एकैदिन २६ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ हजार पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै १२ सय ६१ जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको जानकारी दिए। जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् ।
२४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ ३९३ जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १०९ रहेका छन्।
२४ घन्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएको छ। ३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।