बैतडीमा यात्रुवाहक बस दुर्घटना: ८ को मृत्यु, ४६ घाइते

बैतडीमा यात्रुवाहक बस दुर्घटना: ८ को मृत्यु, ४६ घाइते

दार्चुला : बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अरु ४६ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ ।

घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि पुगेको छ। रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकबारे सम्पूर्ण जानकारी आएको छैन । घट्नास्थलबाट बैतडीका प्रहरी निरीक्षक धनदेव साउदले अन्नपूर्णलाई बताएअनुसार बसमा कम्तिमा ५४ जना यात्रु थिए । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेकोले बस दुई टुक्रा भएको बताइएको छ ।

साथै उद्धार कार्यमा पनि कठिनाइ भएको प्रहरी निरीक्षक साउदले बताए । क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.