बैतडी बस दुर्घटना : मृतक ९ जनामध्ये चारको सनाखत

बैतडी बस दुर्घटना : मृतक ९ जनामध्ये चारको सनाखत

बैतडी : दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका -८ खोड्पेमा गएराती दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चार जनाको सनाखत भएको छ। बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ऐरको शव बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। अन्य ५ जना मृतकको पहिचान हुन सकेको छैन्। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो।

सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्कीसमेत घाइते रहेका छन्। क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.