तीन युवकले जब आफैले नोट छाप्न थालेपछि...

तीन युवकले जब आफैले नोट छाप्न थालेपछि...

जनकपुरधाम : सशस्त्र प्रहरीले सिरहाको गोलबजारबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ। स्थानीय धिरज यादव, सजय राय र कल्याणपुरका विमलेन्द्र कुमार नायकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीका  डीएसपी गोपी भट्टराईले जानकारी दिए।

गोलबजारस्थित स्थानीय वीरेन्द्र महतोको घरमा केही दिनयतादेखि शंकास्पद गतिविधि भइरहेको गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरी सुरक्षा बेसबाट गएको प्रहरी टोलीले खान तालासी गरेको थियो। त्यहाँबाट ६ लाख ८४ हजार बराबरको जाली नोट, एक थान ल्यापटप र मोटरसाइकलसहित उनीहरुलाई प्रहरी पक्रेको थियो।


‘नक्कली नोट बजारमा फिजाएर आफू सक्कली नोट आर्जन गरेर धनी बन्न उनीहरुले नक्कली नोट छापिरहेका थिए ,’डीएसपी भट्टराईले भने,‘ घर भाडामा लिएर उनीहरु धन्दा चलाउँदै आएका थिए।’

लागुऔषधको कारोवार भइरहेको हुन सक्ने भन्दै गौलबजार वेश क्याफका ईन्चार्ज रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले छापमारी गरेर नक्कली नोट छाप्दै गर्दा उनीहरु पक्राउ परेका थिए। पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि नजिकैको इलाका प्रहरी कार्यालय गोलबजारले शसस्त्र प्रहरी बुझाएको छ।

१० किलो गाँजासहित एक जना पक्राउ

महोत्तरीबाट सशस्त्र प्रहरीले बोलेरो पिकपमा लाग्दै गरेको एक क्वीन्टल १० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। महोत्तरीको एकडाँडा गाउँपालिका—३ भटौलियाबाट गाडीमा तस्करी गरी भारत पुर्‍याउन लागेको अवस्थामा मकवानपुर भिमफेदीका ३० वर्षीय अम्मरकुमार थिंगलाई पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई बुझाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.