तिहार किन्न आएकी म

तिहार किन्न आएकी म

   घरमा स–साना नानीहरू

    आँखाभरि तिहार सजाएर बसेका छन्
    नाङ्लाभरि सेलरोटीको आशमा
    औंला भाँच्दै दिन गनिरहेका
    बालकहरूको मुहारमा
    तिहारको लाली पोतिएको छ
    त्यसैले,     डालोभरि सयपत्री बोकेर
    बजार झरेकी म फूल बेचेर
    तिहार किन्न आएकी ।

    आँगनभरि फुलेका फूलहरूले 
    तिहार बोलाइसक्दा पनि
जीवनमा तिहार दीपावलीजस्तै 
    प्रज्वलित भएर आएको छैन 
    सुन्ति आउने दिन
    औला भाँच्दै गनिरहेका
    नानीहरूको गालामा खुसी छर्न
    बजार झरेकी म फूल बेचेर 
    तिहार किन्न आएकी ।

    तिहारमा बल्ने पालाचासँगै
    बाल्न चाहन्छु खुसीको दियो
    अनि बनाउन चाहन्छु उज्यालो घर
    विस्मृत देउसी र भैलोको लयमा
    फेरि फर्काउने चाह छ मनभरि
    आफूलाई मादलको तालमा
    फेरि मजुरे नाँच नचाउने
    आकांक्षा छ, त्यसैले त 
    डालोभरि मखमली बोकेर
    बजार झरेकी म    फूल बेचेर
    तिहार किन्न आएकी ।

    गरिबलाई ऋणबाट 
    मुक्त गरेको उत्सव आँखामा राखेर
    गोदावरीजस्तै जिन्दगी पनि 
    फुलाउने मन छ
सानीनानीले दाजुलाई टीका लगाउँदै
    दीर्घायूको कामना गरेको     हेर्ने मन छ
    मलाई अरूको घरमा जस्तै
    आफ्नो घरमा पनि तिहार फुलेको
    हेर्ने इच्छा छ ।

    त्यसैले त, आँगनभरि फुलेका
    गोदावरी, मखमली, सयपत्रीसँगै
    तिहारमा दीपावली भित्र्याउने
    सपना पाल्दै डालोभरि गोदावरी बोकेर
    बजार झरेकी म फूल बेचेर
    तिहार किन्न आएकी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.