मायापुरीमा बन्ने भयो सुक्खा बन्दरगाह

मायापुरीमा बन्ने भयो सुक्खा बन्दरगाह

दोधारा चाँदनी (कञ्चनपुर) : भारतले प्रवेश बिन्दुको टुंगो लगाएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उच्चस्तरीय टोलीले कञ्चनपुरको महाकाली नगरपालिकाको वडा नम्बर १ र २ को मायापुरीमा बन्दरगाह निर्माण गर्ने टुंगो लगाएको हो।

विभागीयमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिवद्वय बैकुण्ठ अर्याल तथा चन्द्र घिमिरेसहितको प्राविधिक टोलीले उक्त स्थानमा बन्दरगाह निर्माण गर्ने विषयलाई टुंगो  लगाएका हुन्। पछिल्लो एक दशकदेखि चर्चामा रहेको यो बन्दरगाहको निर्माणपश्चात् सुदूरपश्चिमको समृद्धिको आर्थिक ढोका खोलिने विश्वास गरिएको छ। 
‘हामीले महाकाली नगरपालिकाको कञ्चभोज र मायापुरी गरी तीन ठाउँमा प्रवेश बिन्दु हेरेका थियौं, तर भारतले मायापुरीलाई टुंगाएको छ’, सचिव घिमिरेले भने। भारत र नेपालको सचिवस्तरीय बैठकले यो विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरी निर्माण कार्यलाई अगाडि बढाइने सचिव घिमिरेले जानकारी दिए।

यसअघि महाकाली नगरपालिकाकै कञ्चभोजलाई उपयुक्त ठानिएको थियो। भारतको उद्यमसिंह नगर जिल्लाको खटीमाबाट सुरु भएर नेपालको कञ्चभोज जोडिने उक्त स्थानमा भारतले मात्रै १२ किलोमिटर सडक र रेलको ट्र्याक बनाउनुपर्ने थियो। नेपालले पनि त्यत्तिकै दूरीको सडक निर्माण गर्नुपर्ने थियो। 
‘तर, अहिले नेपालको पनि छोटो, भारतको पनि छोटो दूरीको मायापुरी क्षेत्रमा सहमति भएको हो’, सचिव घिमिरेले भने। नेपालतर्फ महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलको सिधा पश्चिम हुने गरी प्रवेश विन्दुको टुंगो लागेको हो।

अहिले सहमति भएको स्थान भारतको एसियन हाइवेमा पर्ने उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको जोगबुढा नदीको उत्तरदेखि गडीगोठ हुँदै नेपालतर्फको महाकाली नगरपालिकाको वडा नम्बर १ र २ लाई जोड्नेछ। वडा नम्बर १ मा गौरीशंकर सामुदायिक वन र २ मा मायापुरी सामुदायिक वनको ७ सय ३४ बिघा जग्गा छनोटमा परेको हो। 

सुक्खा बन्दरगाहका साथै वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यही क्षेत्रमा अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको अवधारणा पनि अघि बढाएको छ। मन्त्रालयका उद्योग तर्फका सचिव बैकुण्ठ अर्यालले सुक्खा बन्दरगाह र अन्तरदेशीय विशेष आर्थिक क्षेत्रका लागि एक हजार बिघा क्षेत्रफल आवश्यक रहेको बताए। ‘अहिले ७सय ३४ बिघा छनोटमा परेको छ, त्यहाँ थप जग्गा आवश्यक छ’, उद्योग सचिव अर्यालले भने।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सचिवद्वय, लगानी बोर्डका कार्यकारी प्रमुखसहित मन्त्रालयको प्राविधिक टोलीले आइतबार महाकाली नगरपालिकाको वडा नम्बर २ मायापुरीमा गएर सुक्खा बन्दरगाह र अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको सुभारम्भ कार्यक्रम गरेका छन्।
‘यस वर्ष विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनसहितको रेखांकनको कार्य सकिन्छ। आगामी वर्षको बजेटमा यसको निर्माण नै सुरु हुन्छ। मन्त्री भट्टले भने, ‘मन्त्रालयका सबै कर्मचारीलाई यसको काम तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिएको छु।’

कञ्चनपुरमा बन्ने यस सुक्खा बन्दरगाह बनेपछि नेपाल भारतको गुजरात राज्यमा रहेको मुन्द्रा सामुद्रिक बन्दरगाहसँग जोडिनेछ भने यसले निर्यातमुखी उद्योगको स्थापनामा बल पुग्नेछ। बन्दरगाह निर्माणपश्चात ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने, अन्तरदेशीय विशेष आर्थिक क्षेत्र बनेमा दर्जनौं मझौला र ठूला उद्योग स्थापना हुने र नेपालले निर्यातमुखी व्यापारमा फड्को मार्ने विश्वासमन्त्री भट्टले व्यक्त गरे।

नेपालतर्फ महाकालीमा चार लेनको पुल बनिरहेको छ। उता भारतले चार किलोमिटर मात्रै सडक र ब्रोडगेजको रेल सीमा क्षेत्रमा पु¥यायो भने यो नाका मध्य नेपालसम्मका लागि व्यापारका लागि छोटो दूरीको हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.