कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ पुग्यो

कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ पुग्यो

दैलेख : कर्णाली प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ६० वर्षीय पुरुषको मृत्यु भएको समाजिक विकास मन्त्रालय कर्णालीले जानकारी दिएको छ । 

यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार ती पुरुषको कात्तिक २३ गते स्वाब नमुना संकलन गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा रहँदा स्वास फेर्न कठिनाई भएपछि उनलाई कात्तिक २४ गते राती प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेकाले उनलाई आकस्मिक तथा अन्य आवश्यक उपचारहरू गरिएको अस्पताल स्रोतले जनाएको छ । 

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको बिहान ४ बजे मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.