भरतपुरको बागेश्वरीमा सामूहिक गौ पूजन
चितवन : भरतपुरको बागेश्वरी धाममा शनिबार सामूहिक गौ पूजन गरिएको छ। भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरीनाथ गौ संरक्षण केन्द्रमा गौ पूजन गरिएको हो ।
यमपञ्चकको तेस्रो दिन मनाइने गाई पुजाको लागि भक्तजन केन्द्रमा पुगेका थिए । हरेक वर्ष सामूहिक गौ पूजन कार्यक्रमको आयोजना गर्दै आएको गौ संरक्षण केन्द्रका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
बजार क्षेत्रमा गाई पालन नहुने भएपछि गाई पुजा गर्नेहरु बागेश्वरी पुगेका थिए । कोरोना भाइरसको जोखिमअझै रहेकोले स्वास्थ्य सर्तकताका साथ सामूहिक गौ पूजन कार्यक्रम गरिएको थियो ।
केन्द्रमा १७० गाई संरक्षणका लागि पालिएको छ । बागेश्वरीमा गोवद्र्धन पूजा पनि गरिएको छ। गोवद्र्धन पर्वत नै बनाएर पूजा गरिएको थियो । धार्मिक दृष्टिकोणले गाईको महत्व रहेकोले हरेक वर्ष गाईको पूरा कार्यक्रम गरिने केन्द्रका प्रमुख संरक्षक योगी श्रीशनाथले बताए । २०४८ सालमा योगी नरहरिनाथले १० वटा गाई ल्याएर गाई पालन सुरु गरेका थिए ।