श्रीमानले नै हाने एसीड : तीन वर्षीया छोरीसमेत घाइते !

श्रीमानले नै हाने एसीड : तीन वर्षीया छोरीसमेत घाइते !

जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकामा श्रीमानले नै श्रीमतिमाथि एसीड प्रहार गरेका छन्। मनमुटावपछि उप-महानगरपालिका-७ मा रहेको माइती घरमा बस्दै आएकी २६ वर्षीय आरती साहलाई उनका श्रीमान् २७ वर्षीय संजीव साहले एसीड प्रहार गरेका हुन् । एसीड प्रहारबाट आरतीसँगै रहेकी ३ वर्षीया छोरी रिया समेत घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उप-महानगरपालिका २० देवपुरा रुपैठा बस्ने साह शनिबार बिहान साढे ८ बजे आएर एसीड प्रहार गरेका हुन्। 

शनिबार बिहान आएर ढोका खोल्न लगाएर चाडपर्वको सरसफाईमा लागेका बेला अचानक एसीड छ्यापेको प्रहरीले बताएको छ। एसीड छयाप्ने क्रममा आमा आरतीसँगै रहेकी ३ वर्षीया छोरीको दुब्रे हातमा समेत एसीड परेको छ। एसीडबाट आमासँगै छोरी समेत घाइते छिन्। 

एसीड प्रहारबाट आरतीको अनुहार, छाति, पाखुरा र पेटमा क्षति पुगेको छ। घाइते साहको उपचार जनकपुरधाम रामानन्द चोकस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ। 

उनको उपचारमा संलग्न चिकित्सक डा. आदित्य यादवका अनुसार साहको दाहिनेपट्टी अनुहार, आँखा, छाति र हातको समेत केही भागमा तेजाव लागेको छ।

‘सुनचाँदीमा प्रयोग हुने तेजावले आक्रमण गरिएको छ’, चिकित्सक यादवले भने,  ‘शरीरको करिब २५ प्रतिशत भाग जलेको हुनाले अवस्था अहिले सिकिस्त नै छ।’ २४ घण्टे अनुगमनमा राखेर बर्निङ्ग केसको प्रोटोकल अनुसार उपचार गरिरहेका छौं। आँखामा समेत गम्भीर क्षति पुगेकाले आँखालाई विशेष निगरानीमा राखिएको छ।

५ वर्षअघि मागी बिहान गरेका आरती र सञ्जीवको आपसी मनमुटाव र झै-झगडा तथा कुटपिटको घटनाले आरती १ वर्षदेखि आफ्नो माइतमा बस्दै आएकी थिइन्। 

‘एक वर्ष अघि संजीवले आरतीलाई कुटेरै टाउको समेत फुटाई दिएका थिए । त्यतिबेला पनि अस्पतालमा उपचार गराएर जिल्ला प्रहरी कार्यालय धनुषामा उजूरी दर्ता गरिएको थियो। त्यहाँ दुबै पक्ष छलफल गरेर सहमति अनुसार नै अब मेरो छोरी उनीहरुसँग नबस्ने तथा कानुनी प्रक्रिया अनुसार सम्बन्ध विच्छेदका लागि अगाडि बढ्ने भनेर सहमति भएको थियो’, आरतीका बुवा सुबोध साहले भने, ‘त्यसपछि आरती ३ वर्षीय छोरी रियासहित माइतमा बस्दै आएकी थिइन्।’

दिपावलीको दिन रमाइलो भइरहेका बेला एसीड प्रहार भएको उनको भनाइ छ। संजीव सुनचाँदी पसलमा काम गर्ने कालीगढ भएका कारण तेजाबले आक्रमण गरेको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार तेजाब आक्रमण गर्ने संजीवलाई सवा ११ बजे प्रहरीले पक्राउ गरिसकेको छ। ‘तेजाब आक्रमण गरेर फरार भएका संजीवलाई जनकपुरको संकटमोचन स्कुल नजिकको क्षेत्रबाट पक्राउ गरिएको छ,’ प्रहरी नायव उपरीक्षक मिश्रले भने, ‘आफ्नो श्रीमतीमाथि तेजाबले आक्रमण गरेको कुरा उनले स्वीकार समेत गरिसकेका छन्। अब कानुनी प्रक्रिया अनुसार उनीमाथि कारवाहीको प्रक्रिया अगाडी बढाएका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.