विद्युत प्राधिकरण दार्चुलाका कर्मचारीको सतबाँजमा मृत्यु
![विद्युत प्राधिकरण दार्चुलाका कर्मचारीको सतबाँजमा मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_q0DkHeI4Af.jpg)
दार्चुला : श्वासप्रश्वासमा समस्यामा आउँदा उपचारको लागि धनगढी लगिएका पुरुषको मृत्यु भएको छ। नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारीको शनिबार राती धनगढी लग्दै गर्दा सतबाँजमा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन सिह महराले बताए।
उनले शनिबार श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई महाकाली नगरपालिको एम्बुलेन्सबाट धनगढी लगिएको भएपनि बाटैमा मृत्यु भएको बताए।
उनमा कोरोना सँग मिल्दाजुल्दा लक्षण रहेकाले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको महाकाली नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)