नेकपा सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने : १८ गते स्थायी कमिटी
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले छुट्टै प्रस्ताव ल्याउने भएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय माग गरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयलाई लिएर यसको निवारण गर्ने विषयमा छलफल गर्दै आजको बैठक सकियो’, प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले
प्रवक्ता श्रेष्ठका अनुसार यसअघि पेश भएका र बाँडिएका दस्तावेजसँगै अध्यक्ष ओलीको प्रस्तावसमेतलाई लिएर छलफल गर्नेगरी मंसिर १३ गते सचिवालयको अर्को बैठक तय भएको हो ।
बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्दै केन्द्रीय समिति बैठकको मिति हेरफेर गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उनको भनाइ छ । बुधबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयमा छलफल भएको श्रेष्ठले बताए ।
बैठकमा कात्तिक २८ गतेको सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको जस्तै राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओलीले पेश गर्ने जानकारी गराएका हुन्।
प्रतिक्रिया दिनुहोस !