किसानलाई सक्खर बनाउन चटारो

किसानलाई सक्खर बनाउन चटारो

जनकपुरधाम : समयमै उखुको भुक्तानी र चलानी पुर्जी नपाउँदा महोत्तरीका किसान उखु पेलेर सक्खर बनाउन लागिपरेका छन्। छठ पर्वको बेला मिठा (सक्खर) बाट बनाइएको परिकार मात्र प्रसादको रूपमा चढाइने भएकाले माग बढेपछि उखु किसान सक्खर बनाउन लागिपरेका हुन्। 

छठ पर्वको एक महिना अघिदेखि बजारमा मिठाको माग बढेसँगै उखु उत्पादक किसान सक्खर बनाएर बेच्ने चटारोमा छन्। छठको आवगमनसँगै उखुबाट सक्खर बनाई बिक्री गर्न किसानलाई भ्याइनभ्याइ छ। स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा बनाइने सक्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्नसमेत मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका—४ सुर्ति विकास चोकका मिठा उत्पादक उपेन्द्र साह बताउँछन्। उनले भने, ‘छठमा घर–घरमा मिठा (सक्खर) को आवश्यकता पर्छ। त्यसैले किसान मिठा बनाउन आकर्षित हुँदै छ।’   

छठमा सक्खरको खिर, ठेकुवा, भुसुवालगायत सामगं्री उखुको सक्खरबाटै बनाउने गरिएका कारण स्वाभाविक रूपमै माग बढ्ने गरेको गौशाला नगरपालिका ११ कालिपुरका किसान लक्ष्मी महतो बताउँछन्। 

महोत्तरीको गौशाला, बर्दिबास, भंगाहा, औरही, सोनमा सहितका क्षेत्रमा अहिले घर–घरै तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन्। अन्य दिनमा पनि मिठाको माग हुन्छ, तर छठमा मिठाको माग झन्डै ९० प्रतिशतले बढछ, त्यसैले आफ्नो प्रायेजनका लागि र तत्काल बिक्री गरी सुलभ रूपमा नगद बिक्री हुँदा उखु पेल्न थालिएको हो। गौशाला नगरपालिका—४ का किसान देवनारायण साहले भने, ‘चिनी मिलले ठेगान हुँदैन, समयमा भुक्तानी दिँदैन, त्यसैले अन्य भौतारिनुभन्दा त नगदी र सरल सुलभताका लागि उखु धमाधम उखु पेल्दै छौं।’ 

महोत्तरीको सबैभन्दा बढी उखु उत्पादन हुने गौशालामा समेत उखु धमाधमले पेल्ने कार्य जारी छ। छठको मुखमै पर्वअघि मिठा बजारसम्म पुर्या‍उन सकिए अपेक्षित मूल्य पाइने किसान राजकिशोर महतो बताउँछन्। छठलाई केन्द्रित गरी बनाइएको मिठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने चटारो छ। 

अहिले एक क्विन्टल सक्खर बनाउने झन्डै ८ देखि १० क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जातअनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सक्खर कारिगर मो. जुमराती अन्सारी बताउँछन्। उनले भने, ‘नौ क्विन्टल उखुको एक क्विन्टल मिठा (सक्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झन्डै १० क्विन्टलमा एक क्विन्टल मिठा तयार हुन्छ।’ सामान्य रूपमा झन्डै ६० रुपैयाँको हाराहारीमा खुद्रा बिक्री हुने सक्खर अहिले छठमा झन्डै एक सय रुपैयाँ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.