छठ : तराई र पहाड जोड्ने सेतु

छठ : तराई र पहाड जोड्ने सेतु

भक्तितः संस्थापितोत्र भगवाननिद्रो नाम दिवाकर।

भगवान इन्द्रनामका सूर्यलाई भक्तिपूर्वक स्थापना गरियो।

– लिच्छवीकालीन अभिलेख

सूर्यको उपासना गर्ने प्रचलन धेरै अघिदेखिकै हो। हजारौं वर्ष आर्य भित्रमा सूर्यको पूजा गरिन्थ्यो। वेद, पुराण, उपनिषद् तथा स्मृतिहरुमा महिमा वर्णन पाइन्छ ।

नेपालमा प्राचीन कालमा बनेका अनेक सूर्यको मूर्ति यत्रतत्र देख्न सकिन्छ। सूर्य मूर्तिलाई देव र देवीको रूपमा प्रस्तुत गरिएको छ। चौंथो शताब्दीमा पशुपतिमा बनाइएका, सूर्य मूर्तिमा हाँसेर बसेको अवस्थामा प्रस्तुत गरिएको छ भने यसै समयमा बनाइएका राष्ट्रिय संग्रहालयमा रहेको सूर्य उभिएको अवस्थाको मूर्ति देखाइएको छ। दुबै मूर्तिमा सूर्यका किरण देखाइएको छ।

पाटनको कुम्भेश्वरमा सूर्र्यको एउटा पुरुष र अर्को देवीको मूर्ति बनाइएको छ। यसबाट सूर्यलाई पुरुष र महिला दुवै रूपमा पूजा गरिन्थ्यो भन्ने बुझिन्छ। यस्ता सूर्यका अनेका मूर्ति बनेका छन्। तराई—मधेसमा सूर्यलाई देवीको रूपमा छठीमाता भनी पूजा गरिन्छ। भगवान रामले छठी माताको पूजा गरेकाले श्रीलंकामा बिजय गर्न सकेको र रावणलाई मार्न सकेको वाल्मिकी रामायणमा उल्लेख छ। साथै सीताले छठीमाताको पूजा गरेकाले लवकुशको रूपमा सन्तान प्राप्ति भएको लेखिएको छ। कुन्तीले छठको पूजा गरेकाले पाँच पाण्डव लाहाको घरबाट बच्न सकेको महाभारतमा छ। तिहारको ६ दिनपछि षष्ठीमा छठ पूजा गरिन्छ। पौराणिक कथाअनुसार सूर्यका दुई पत्नी थिए। जेठीको नाम उषा (प्रात) र कान्छीको नाम प्रतिउषा (सूर्यास्त) थियो। यिनै प्रतिउषा साँझ र उषाको बिहान पूजा गरिन्थ्यो।

जनकपुरको गंगा सागरमा श्रीराम र सीताले स्नानपछि छठी माताको पूजा गरेदेखि नै खेला वा तलाउको किनारमा छठी माताको पूजा गर्ने चलन चलेको जनविश्वास छ।

बिहान बेलुका गरी दुई समय छठी माताको पूजा गरिन्छ। पार्वतीले भगवान शिवको दर्शन पाउ भनी सूर्य (छठ) को पूजा गरेकाले सूर्यघाट र गौरीघाट भनी नामाकरण गरियो। छठ पूजा गर्ने प्रचलन बढी गौरीघाट, तराई—मधेसमा क्षेत्रमा धेरै गर्ने चलन छ। महिलाको संलग्नता बढी भएको पाइन्छ तर पुरुषले पनि ब्रत बसेर छठको पूजा गर्छन्। छठ पूजा नदी वा खोलाको किनारमा केरासमेत भएको केराको बोट गाडेर, ध्वजा पतकाद्वारा किनारलाई सजाएर धुप दीप, नैवेद्य उदाएको सूर्यलाई अर्घ दिएर पूजा अर्चना गरिन्छ। छठी माईलाई मनपर्ने भनी गहुँको ठेकुवा, भुसुवाका साथै विभिन्न परिकारका मिठाई बनाई छठी माईको पूजा आराधाना गरिन्छ। छठी माताको ब्रत बस्ने ब्रतालुले पानीसम्म नपिएर निराहार ब्रत बस्छन्। ब्रत बस्नुभन्दाअघि ब्रतालुले गुडको खिर बनाएर खान्छन्।

यसलाई खरना (खिर) देखि परनासम्म भन्निछ। यस पूजामा अनारस, कलश, साठी किसिमको चामल, चिउरा, गुड, बेसारको पात, अदुवा, असई, गन्ना, पला, अदुवा, उखु, गन्ना धुप, सलाई, घिउ, तेल, धोती, रुमाल, फूल, माला, आँपको पात चढाइन्छ। यो ब्रत र उपासना गर्नाले सन्तान प्राप्ति र चर्म रोग लाग्दैन भन्ने लोकविश्वास छ। यस पूजाको निम्ति छुट्याइएको प्रसाद पूजा गर्नुभन्दाअघि कसैले खाए भने त्यस व्यक्तिलाई अनेक किसिमका दुःख कष्ट लाग्ने विश्वास गरिन्छ। छठको पूजा सकिएको चौथो दिनमा छठी मातालाई चढाएको प्रसाद आफन्त वा पूजा विधि हेर्न आएका भक्तलाई बाँड्ने गरिन्छ।

चाडपर्व पहाडदेखि तराई मधेस र तराई मधेसबाट पहाडतर्पm आउने क्रम जारी छ, यसले पहाड र मधेसलाई सांस्कृतिक रूपमा जोड्ने काम गरेको छ।

छठको ब्रत लिन कुनै जान, धर्म, संस्कृति वा सीमानाको साथै बन्देज लगाइएको छैन। सबै धर्म र जातजातिका मानिसले निर्वाध छठी माईको पूजा गर्छन्। पोखरी वा खोलानाला तथा भक्त आउने बाटो सफा गर्नाले यसको वातावरणीय महत्व छ। छठी माईलाई सूर्यतर्फ देखाई दुई–दुई पटकसम्म अर्घ दिइन्छ। ब्रतालुले नदी वा पोखरीमा गोडालाई घुँडासम्म पानीमा डुबाएर सूर्यतर्पm देखाई साँझको अर्घ दिइन्छ। यसलाई प्रतिउषा अर्घ भनिन्छ। त्यसको भोलिपल्ट बिहान अर्घ दिएपछि घाटको काम सकिन्छ। शुद्धता र स्वच्छता यस पर्वको मुख्य उद्देश्य हो। यसबाहेक सन्तान वा सन्तानमा सुखशान्ति मिलोस् भन्ने यसको चाहना हो, यो ब्रत प्रत्येक वर्ष बसेको उत्तम मानिन्छ। कसै–कसैले छठ ब्रत छुटाउन हँुदैन छुटाएमा फेरि छठ व्रत लिन मिल्दैन भन्ने गर्छन्। तर यस्तो केही भन्ने हुँदैन, भक्तजनले आफ्नो इच्छाअनुसार व्रत बस्ने र श्रद्धापूर्वक छठीमाताको पूजाआजा गर्न पाउने छन्।

वैदिक कालपूर्व मूर्ति नबनाएकाले प्रकृति पूजनको चलन थियो। त्यसैले छठीमाईको मूर्ति हुदैन त्यसैले सूर्यलाई नै छठीमाता सम्झेर पूजा गरिन्छ। मेरो रात सुख मय होस् भन्ने कामनाका साथ सन्ध्या आरती गरिन्छ भने मैले दिनभरि गर्ने काम सफल होस् भनी उषाकालको सूर्यलाई अर्घ दिइन्छ। चाडपर्व पहाडदेखि तराई—मधेस र तराई—मधेसबाट पहाडतर्पm आउने क्रम जारी छ, यसले पहाड र मधेसलाई जोड्ने सांस्कृतिक रूपमा लिने गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.