महासचिव पौडेल र नेम्वाङसँगको भेटपछि प्रचण्डले भने : डोरी चुँडिएको छैन

महासचिव पौडेल र नेम्वाङसँगको भेटपछि प्रचण्डले भने : डोरी चुँडिएको छैन

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दिउँसो महासचिवलगायतका नेताहरूसँग छलफल गरेका छन् । 

पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । 

नेता नेम्वाङका अनुसार प्रचण्डले पार्टीभित्र केही गम्भीर विवाद देखिए पनि एकताको डोरी नचुडिएकाले यसलाई सम्हाल्दै लानुपर्ने बताएका छन् ।

‘अहिले डोरी चुडिएको छैन । केही गम्भीर भनेर सबैको चर्चा छ । तर, डोरी चुडिएको छैन’, भेटपछि अन्नपूर्ण अनलाइनसँग प्रचण्डको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, ‘त्यसैले समाधानको बाटो खोज्दै जाऔं । त्यसमा मेरो पनि पनि भूमिका हुन्छ भन्नुभएको छ ।’

प्रचण्डसँगको भेटमा नेता नेम्वाङले स्थायी कमिटीले गरेको निर्णय अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए । 

भेटमा पार्टीलाई स्थायी कमिटीले गरेका निर्णयका आधारमा एकजुट बनाएर अघिबढ्नुपर्छ त्यसको विकल्प नभएको बताएको नेता नेम्वाङले सुनाए । 

उता महासचिव पौडेलले भने प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा पस्थिति गम्भीर रहेको बताएका छन् । महासचिव पौडेलले पत्रकारसँग भने, ‘परिस्थिति गम्भीर छ।’

महासचिवसँगको भेट सकेपछि अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग भेट गरेका हुन् ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.