गाई मारेको आरोपमा एक पक्राउ

गाई मारेको आरोपमा एक पक्राउ

बैतडी : गाई मारेको आरोप बैतडीमा एकजना पक्राउ परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ६ स्थित खानेपानीको मुहानमा ११ वटा गाई मारेर फालेको भेटिएपछि प्रहरीले पुर्चौडी ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई पक्राउ गरेको हो । 

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक चन्द्र गिरीले जानकारी दिए । गाईलाई भीरबाट खसालेर मारेको आशंका गरिएको छ । 

पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारी गरेको छ । प्रहरीले सोही वडाका सुरेश पार्कीको भने खोजी भइरहेको बताएको छ ।

पाटन नगरपालिकाबाट प्रति गाई २५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ । नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि २५ सय रुपैयाँका दरले २९ वटा गाई जिम्मा लगाएको थियो । 

शुक्रबार सिगास सामुदायिक वनको भेरी खोला पानीको मुहानमा ११ वटा गाई मृत फेला परेका थिए । मरेका गाईको व्यवस्थापन पाटन नगरपालिकाले गर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.