अमेरिकाले भन्यो: चिनियाँ सेनाको कब्जामा तिब्बत !

अमेरिकाले भन्यो: चिनियाँ सेनाको कब्जामा तिब्बत !

वासिंटन : अमेरिकाले तिब्बतलाई चिनियाँ सेनाको कब्जामा परेको क्षेत्र भएको आरोप लगाएको छ । चीनमा तिब्बती जनताको स्वायत्तताबारे अमेरिकी प्रतिनिधिसभामा एक विधेयक पास भएको भोलिपल्ट अमेरिकाले यस्तो दावी गरेको हो ।

साथै अघिल्लो दिन मात्रै अमेरिकी एक उच्च अधिकारीले तिब्बतमा चीनले अर्को दलाई लामा चयन गर्न नसक्ने वा अर्को दलाई लामा चयन गर्ने चीनसँग धार्मिक अधिकार नभएको बताएका थिए ।

चीनले तिब्बती आदिवासी र धार्मिक अल्पसंख्यक समुदायमाथि दमन गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीले प्रसस्त स्रोत खर्च गर्ने पनि अमेरिकाले जनाएको छ । पछिल्लो समय चीनमाथि धार्मिक अल्पसंख्य समुदायमाथि दमन गरेको आरोप विश्वका प्रभावशाली देशले उठाउन थालेका छन् ।

तिब्बती बुद्धिस्ट, क्रिश्चियन र मुस्लिम अल्पसंख्यक समुदायको मानव अधिकार चिनियाँ कम्युनिस्ट पार्टीले कुण्ठित पारेको आरोप विभिन्न देशले लगाउने गरेका छन् । १९५० को दशकमा चिनियाँ सेनाले तिब्बतमाथि शासन गर्न थालेदेखि नै निरन्तर तिब्बत चीनको श्वसासित क्षेत्रको रुपमा चिनिँदैआएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.