खाल्डाखुल्डी पुर्न निर्देशन

खाल्डाखुल्डी पुर्न निर्देशन

काठमाडौं : सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सात दिनभित्र धोबीखोला करिडोरका खाल्डाखुल्डी पुर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएका छन्। उनले शुक्रबार धोबीखोलाको १२ किमि करिडोर अनुगमन गरी उक्त निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा सडक किनारमा जताततै खाल्डाखुल्डी देखिएका थिए। करिडोरमा कतै फोहोर संकलन गर्ने ठाउँ बनाइएको थियो भने कतै ठूलाठूला ढलका मंगाल नछोपी खुल्लै छोडेको पाइएको थियो। अनुगमनमा नआएको भए यस्ता कुरा थाहा नहुने भन्दै तत्काल पुर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन्। ‘आज अनुगमनमा नआएको भए यस्तो अवस्थाबारे थाहा हने थिएन।,’ उनले प्राधिकरणलाई निर्देशन दिँदै भने, ‘यो तत्काल  पुरियोस्। अन्य ठाउँका खाल्डाखुल्डी एक हप्तासम्ममा बनाइयोस्।’

मन्त्रीले निर्देशन दिएलगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले कालोपत्रे भएका र बढी खाल्डाखुल्डी देखिएका सडक एक  साताभित्र पुरिसक्ने जानकारी दिए। 

धोबीखोलाई व्यवस्थित गर्न सके काठमाडौंको सुन्दरता बढ्ने उनले बताए। मन्त्री श्रेष्ठले बुद्धनगरस्थित आर्क बृज  निरीक्षण गर्दै पुलमुनि अन्डरपास निर्माण प्रक्रिया सुरु गर्न पनि निर्देशन दिएका छन्। 

करिडोर बन्द भएको ठाउँ सञ्चालनमा ल्याउन सके ट्राफिक जामसमेत कम गर्ने सकिने उनको भनाइ छ। प्राधिकरणका प्रमुख डा.तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पूर्ण काम सम्पन्न हुने जानकारी गराए।

करिडोर अनुगमनका क्रममा मन्त्रीका सल्लाहकार डा.राजन भट्टराई, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोली निस्केको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.