महासंघमा चुनावी सरगर्मी

महासंघमा चुनावी सरगर्मी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार कडा प्रतिस्पर्धामा उत्रिएका छन्। मंसिर ११, १२ र १३ गते हुने ५४औं वार्षिक साधारणभा तथा निर्वाचनका लागि दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका हुन्। 

महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा चन्दप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन्। उनीहरू प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन्।  ६४ पदका लागि निर्वाचन हुने भए पनि निर्वाचनका लागि १ सय २७ जनाले मनोनयन दर्ता गरेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार शेखर गोल्छाको नेतृत्वमा नयाँ टिम आउने पक्कापक्की छ। भावी अध्यक्षका रूपमा हेरिएकाले वरिष्ठ उपाध्यक्ष ढकाल र प्रधानले नतिजा आफ्नो पक्षमा पार्न मतदातालाई रिझाउँदै आएका छन्। 

वरिष्ठ उपाध्यक्षसँगै अन्य तीन उपाध्यक्षमा पनि प्रतिस्पर्धा देखिएको छ। जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्षको निर्वाचन पनि उत्साहजनक देखिएको छ।  महासंघको चुनाव नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ। चुनाव आफ्नो पक्षमा पार्न सबै उम्मेदवारले सक्रियता बढाएका छन्। चुनाव जित्न पूर्वअध्यक्षलाई आफ्नोमा ल्याउन दुवै पक्ष प्रयासरत देखिएका छन्। वरिष्ठ उपाध्यक्षका आकांक्षी मात्र नभई सबै उम्मेदवार घरदैलो अभियानमा खटिएका छन्। 

जिल्ला नगर उपाध्यक्षमा ढकालको प्यानलबाट गुणनिधि तिवारी र प्रधानको प्यानलबाट दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। तिवारी करिब १५ वर्षअघि लुम्बिनी अञ्चलको प्रतिनिधिका रूपमा २०६२ सालमा प्रवेश गरेका थिए। तीन कार्यकाल खुलातर्फबाट सदस्य भएका तिवारी  लुम्बिनी प्रदेशको नेतृत्वसमेत गरिसकेका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ र काठमाडौं जिल्ला संघको नेतृत्व गरिसकेका दिनेश श्रेष्ठ जिल्ला तथा नगर उपाध्यक्षमा चुनावी मैदानमा छन्। २०५८ सालमा पहिलोपटक महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेका श्रेष्ठ महासंघको साना तथा घरेलु उद्योग विकास समिति, प्रविधि समिति, भन्सार समिति, राजस्व समिति, उद्योग समिति, मेला प्रवद्र्धन समिति, विधान संशोधन समितिमा बसेर काम गरिसकेका छन्। श्रेष्ठ यसअघि पनि महासंघको उपाध्यक्ष भइसकेका छन्। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धा गर्दै छन्। श्रेष्ठ दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारी सदस्य रही उद्योग समिति सभापति चलाइसकेका छन्।

एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। एसोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था छ। त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई उद्योग, व्यापार र सेवाका क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनी चलाइसकेका छन्। ज्योति समूहका निर्देशक सौरभ ज्योति महासंघमा नेपाल युवा उद्यमी मञ्चको संस्थापक सदस्य हुँदै बैंकिङ, वित्त तथा बिमा समितिको सभापति भइसकेका छन्। निर्वाचनका लागि जिल्ला नगरतर्फको खुला केन्द्रीय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेशतर्फको केन्द्रीय सदस्यको सात पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन्। 

एक नम्बर प्रदेशमा वरिष्ठ उपाध्य ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन्। संस्थापक सदस्यतर्फको एक पदका लागि तीन जनाले आवेदन दिएका छन्। वस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एसोसिएट्सतर्फको १९ पदका लागि ३३ जना प्रतिस्पर्धामा छन्। राष्ट्रियतर्फ ढकाल प्यानलबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.