विश्व बजारमा नेपाली संगीत

विश्व बजारमा नेपाली संगीत

काठमाडौं : १० वर्षदेखि नेपाली गीत संगीत र सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै आएको नेप्सिनेले नेपाली म्युजिकलाई लक्षित गरेर डिजिटल म्युजिक डिस्ट्रिब्युसन प्लाटफर्म आरम्भ गर्न लागेको छ। नेप्सिने रेभुलुसन नामक यो प्लाटफर्म अन्तर्राष्ट्रिय स्तरको हुने र युट्युब जस्ता विश्वका अन्य एक सय ५० भन्दा बढी प्लाटफर्मसँग प्रत्यक्ष जोडिन लागेको हो। 

स्पोटिफाई, अमेजन, आइट्युन्स जस्ता प्लाटफर्मसँग जोडिएको यो आइट्युन्सले युट्युबमा मात्र निर्भर नेपाली म्युजिक उद्योगलाई वैकल्पिक रोयल्टी स्रोत प्रदान गर्नेछ। यो नेपालकै पहिलो र विश्वकै सस्तो प्लाटफर्म हुने नेप्सिनेका नेपाल प्रमुख विधान कार्कीले बताए। 

‘नेप्सिने रेभुलुसन म्युजिक वितरण प्लाटफर्म मात्र नभएर सम्पूर्ण सांगीतिक स्रष्टाको अधिकार व्यवस्थापन प्रणाली पनि हुनेछ। राइट्स म्यानेजमेन्ट फिचर प्रयोग गरी आफ्ना गीतका विभिन्न प्लाटफर्ममा भइरहेको या भविष्यमा हुने कपिराइट्स उल्लंघन पत्ता लगाउन सकिने कार्कीले बताए। यो प्लाटफर्मले फेसबुक, इन्स्टाग्राम, टिकटक या पब्जीजस्ता प्लाटफर्ममा हुने नेपाली गीतको प्रयोगलाई पनि एउटा व्यवस्थित प्रणालीमा बाँध्ने र यसका सर्जकले प्राप्त गर्नुपर्ने रोयल्टी कलेक्सन हुने उनको भनाइ छ। 

नेपाल मात्र नभई यो प्लाटफर्म विश्वका ७० देश र ५४ भाषामा एकैसाथ ल्याइनेछ। यसले विश्वभर फैलिएका इन्डी आर्टिस्टलाई महँगो सर्भिस प्रयोग गर्नुपर्ने एकलौटी स्थितिबाट छुटकारा दिलाई अन्तर्राष्ट्रिय बजारको पहुँच सहज बनाउन लागेको नेप्सिनेका ग्लोबल सीईओ रायन रेजले जानकारी दिए।  

मन नपरे कुनै पनि बेला आफ्ना गीत संगीत प्लाटफर्मबाट झिक्न मिल्ने अधिकार स्वयं सर्जकलाई यो रेभोलुसनले प्रदान गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.