अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा पनि सङ्क्रमित

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा पनि सङ्क्रमित

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरस सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन्। 

'कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीको सिफारिस अनुसारका सबै मापदण्ड तथा नियमहरुको पालना गरेका छन्', ती प्रवक्ताले भनेका छन्। सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेका पनि प्रवक्ताले जानकारी दिए।  

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।  

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएका अधिकारीहरुले जानकारी दिएका छन्। ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथि सहभागी भएको भोजमा सहभागी भएका थिए। राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.