अफगानिस्तानमा रकेट हमला: ८ जना मारिए, ३१ घाइते

अफगानिस्तानमा रकेट हमला: ८ जना मारिए, ३१ घाइते

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जना मारिएका छन् । ३१ जना घाइते छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला भएको थियो । ग्रीन जोन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगका कार्यालय भएको क्षेत्र हो ।

शनिबार बहिान स्थानीय समय अनुसार ९ बजे उक्त आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन् । तारिकका अनुसार जहाँ २३ वठा रकेट हानिएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर छ ।

घटनापछि स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरुको भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ । यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ ।

सरकारले भने यस्ता प्रकृतिका आक्रमणमा तालिबान समूहलाई आरोप लगाउने गरेको छ । त्यसो त, यसअघि पनि दूतावास क्षेत्रमा पटक पटक रकेट आक्रमण भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.