थाइल्याण्डमा सरकारविरुद्ध स्कुले विद्यार्थीहरुको विशाल आन्दोलन

थाइल्याण्डमा सरकारविरुद्ध स्कुले विद्यार्थीहरुको विशाल आन्दोलन

बैंकक : थाइल्याण्डमा यहाँका हाइस्कुलका विद्यार्थीले नेतृत्व गरेको प्रदर्शनमा हजारौँ मानिसले सहभागिता जनाएका छन् ।

राजतन्त्रको शक्ति दुरुपयोगको विरोध तथा सरकार विघटनको माग गर्दै उनीहरुको आन्दोलन व्यापक रुपमा फैलिएको छ । विशेषगरी शिक्षामा पुनर्संरचना लगायत माग गर्दै सुरु गरेको आन्दोलनमा राष्ट्रिय राजनीतिक एजेन्डा पनि समेटिएका छन् ।

शनिबार राजधानी बैंककमा सुरु भएको उनीहरुको प्रदर्शनमा हजारौँको सहभागिता थियो । प्रधानमन्त्री प्रयुथ चान ओचाको राजीनामा माग्दै गरिएको यस प्रदर्शनलाई एक प्रमुख आन्दोलन मानिएको छ । जबकि, प्रधानमन्त्रीले प्रहरीलाई प्रदर्शनकारीविरुद्ध जस्तोसुकै कानुनी कारवाही बढाउन आदेश दिएका छन् ।

‘हामी यहाँ हाम्रो खोसिएको स्वतन्त्रता फेरि स्थापना गर्न र शिक्षालाई पुनस्थापना गर्न आएका हौँ । हामी वास्तविक संवैधानिक राजसंस्था चाहन्छौँ,’ हाइ स्कुलका १८ वर्षीय एक विद्यार्थी मामेवले बताइन् । उनले सुरक्षाका कारण मिडियासामु आफ्नो पूरा नाम भने खुलाइनन् ।

गत जुलाईदेखि नै यहाँको सरकार र राजतन्त्र विरुद्ध विभिन्न आन्दोलन हुँदैआएका छन् । राजा महा वजिरलंकोर्न कोरोना महामारी सुरु भएसँगै यूरोपको आलिशान रिसोर्टमा युवतीहरुसहित आराम गर्न गएपछि पनि यहाँ उनीविरुद्ध आन्दोलन भएको थियो ।

पछिल्लो समय थाइल्याण्डको राजसंस्था र सरकार जनताहरुमाझ आलोचित बन्दैआएका छन् । गत महिना मात्रै रानी चढेको गाडीमा समेत प्रदर्शनकारीको भीडले ठूलो अवरोध सिर्जना गरिदिएको थियो । तर सरकारले प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा नेताहरुविरुद्ध गम्भीर प्रकृतिका मुद्दा दायर गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.