कोरोना खोपको प्रयोग अनुमति माग्दै कम्पनी
काठमाडौं : कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप)को क्लिनिकल परीक्षण गरिरहेका कम्पनी अनुमति लिन तँछाडमछाड गर्न थालेका छन्। अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले खोप प्रयोगका लागि अनुमति माग्दै शुक्रबार आवेदन दिएका छन्।
खोपको प्रभावकारिताका सम्बन्धमा अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले अध्ययन गर्ने जनाइएको छ। बेलायतले चार करोड मात्रा मगाइसकेको बीबीसीले जनाएको छ। फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बुर्लाले खोपको आकस्मिक प्रयोगका लागि दिइएको आवेदनलाई कोसेढुंगा भएको टिप्पणी गरेका छन्।
अन्तिम चरणका परीक्षणका तथ्यांकले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको कम्पनीले दाबी गरेको छ। त्यस्तै, अमेरिकी कम्पनी मोर्डनाले बनाएको खोपले पनि ९५ प्रतिशत सुरक्षा दिने दाबी गरेको छ।