१९७४ एडी र द चेन स्मोकर्सको नयाँ गीत

१९७४ एडी र द चेन स्मोकर्सको नयाँ गीत

काठमाडौं : १९७४ एडीले आफ्नो नयाँ गीत ‘साथीभाइ’ रिलिज गरेको छ। यसमा विश्वव्यापी लोकप्रिय ‘द चेन स्मोकर्स’को हिट गीत ‘होप’को संगीत प्रयोग गरिएको छ। उक्त नयाँ ट्र्याक अब युट्युबमा उपलब्ध छ, जहाँ दर्शकले पूरा गीतको मजा लिन सक्नेछन्।

विश्वव्यापी प्रचलित कलाकार जोडी ‘द चेन स्मोकर्स’सँग नेपालको लोकप्रिय फोल्क रक ब्यान्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीलाई टुबोर्ग ओपनको अभियानतर्फ प्रोत्साहित गर्दै छ। उक्त नयाँ ट्र्याकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेन स्मोकर्सको गीत ‘होप’को संगीतसँग मिलाइएको छ, जुन हालसम्म एक अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ।

१९७४ एडीले भनेको छ, ‘यो सहकार्यका लागि काम गर्नु हाम्रो लागि निकै रमाइलो अनुभव भयो। महामारी र विशेष परिस्थितिको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम ग¥यौं। यो अनुभव रमाइलो र चुनौतीपूर्ण थियो। यो गीतमा सकारात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेस गरिएको छ। हाम्रा दर्शकले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौं।’

द चेन स्मोकर्सका एलेक्स पालले १९७४ एडीसँगको सहकार्यबारे भने, ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौं। यो प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो।’

अब नेपालका संगीतप्रेमीले जोइन्ट बिटका साथमा सामाजिक सञ्जालमा भएको नयाँ एआर फिल्टर प्रयोग गरी १९७४ एडीको उक्त नयाँ ट्र्याकको मजा लिएको आफ्नो भिडियो अपलोड गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.