अमेरिकी राष्ट्रपति निर्वाचन : लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज

अमेरिकी राष्ट्रपति निर्वाचन : लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज

वासिङ्टन : हुलाकमार्फत्‌ गरिएका लाखौँ मत अवैध घोषणा गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको माग पेन्सलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्।

न्यायाधीश म्याथ्यू ब्रानले चुनावमा कुनै पनि अनियमितता नभएको भन्दै सो माग खारेज गरिदिएका हुन्।

योसँगै पेन्सलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ। उनी त्यहाँ ट्रम्पको भन्दा ८० हजारभन्दा बढी मतले अगाडि छन्।

नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो। चुनावमा आफू पराजित भएको मान्न उनले अस्वीकार गर्दै आएका छन् र कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन्।

बाइडनले ट्रम्पलाई २३२ विरुद्ध ३०६ इलेक्टरल मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ।

पेन्सलभेनियाका न्यायाधीशले के भने ?
आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको बताएका छन्।
मुद्दामा तनावपूर्ण कानुनी तर्क र आशङ्काका आधारमा कुराहरू गरिएको न्यायाधीशको भनाइ छ।

चुनाव जितेको प्रमाणपत्र किन महत्त्वपूर्ण छ ?
अमेरिकीह नागरिकहरूले राष्ट्रपतीय चुनावमा मतदान गरेपछि उनीहरूले खासमा राज्य तहका लागि मत हालेका हुन्छन् राष्ट्रिय तहमा होइन।
उनीहरूले राज्यका अन्य प्रतिनिधिका लागि मत हालेका हुन्छन् जसले अन्ततः राष्ट्रपतिलाई मत हाल्छन्।
उदाहरणका लागि मिसिगनमा उनीहरूले बाइडनका लागि मतदान गर्नुपर्ने हुन्छ किनभने जो बाइडनले उक्त राज्यमा चुनाव जितेका थिए।
(बीबीसीबाट)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.