दिदी-बहिनी जैविक प्याड उद्योग सञ्चालनमा
अछाम : अछाममा पहिलो पटक दिदी-बहिनी जैविक प्याड उद्योग सञ्चालनमा आएको छ । विगत एक वर्ष पहिलेदेखि प्याड बनाउने कामको सुरुवात गरेपनि उद्योग दर्ता गरी आइतबारबाट उद्योग संचालनमा आएको हो।
कार्यालयको प्रदेशसभा सदस्य हर्क कुँवरले उद्घाटन गरे । उद्घाटनका क्रममा सासद कुँवरले प्याड उद्योगलाई निरन्तरता दिन प्रदेशबाट बजेट बिनियोजन गर्ने बताए । प्याड उद्योगका सञ्चालक किथ्थी टमट्टाले आफूहरुले उत्पादन गरेका जैबिक प्याडहरु अछामका दश पालिकाका ९१ वडामा पुर्याउने लक्ष्य रहेको बताइन् ।
यसका लागि स्थानीय तहको सहयोग चाहिने उनले बताइन् । उनले एक वर्ष पहिलेदेखि नै प्लाटिन र सुतिको कपडा प्रयोग गरी प्याड बनाउने कामको सुरुवात गरेको र आफूहरुले वितरण गर्दै आएको जानकारी दिइन।
महिला अधिकारकर्मी तथा छाउपडि कुप्रथा अन्त्यकी अभियान्ता पशुपति कुँवरले छाउपडि गोठ मात्र भत्काएर छाउपडि प्रथाको अन्त्य नहुने भन्दै महिनावारी भएका बेला सहज र सस्तो तरिकाले प्याड उपलब्ध गराउन सकेमात्र व्यवस्थित र सुरक्षित हुने बताइन् । उनले साँफेमा रहेको सेभ हाउसमा आएका हिंसा पीडित महिलालाई स्वरोजगार बनाउन समेत यस उद्योगमा समेट्ने बताइन् ।