अष्ट्रेलियामा शार्क माछाको आक्रमणबाट एक जनाको मृत्यु

अष्ट्रेलियामा शार्क माछाको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी : अष्ट्रेलियाको उत्तर पश्चिम क्षेत्रस्थित समुद्री किनारमा शार्क माछाको आक्रमणबाट एक मानिसको मृत्यु भएको छ ।

चर्चित पर्यटकीय क्षेत्र मानिने केबल बिचस्थित आइतबार बिहान यस्तो घटना भएको हो । प्रहरीका अनुसार ती मानिसलाई समुद्रबाट उद्धार गरी अस्पताल लगिएको थियो । तर अस्पतालमा नै उपचारको क्रममा उनको मृत्यु भएको हो ।

‘प्रहरीले पुष्टि गर्न सक्छ कि दुखद रुपमा एक मानिसको मृत्यु भयो,’ पश्चिम अष्ट्रेलियाको प्रहरीले जनाएको छ । समुद्री किनारमा मानिसहरु झुम्मिने भए पनि केबल बिचमा शार्क माछाले मानिसलाई यसरी आक्रमण गरेको दुर्लभ घटना हो ।

घटना भएको स्थान केबल बिच ब्रुम सहरबाट २२ किलोमिटर टाढा पर्छ । पर्यटकको आवत जावत भइरहने यस समुद्री किनार अधिकारीहरुले हरेक वर्ष एक वा दुई पटक बन्द पनि गर्ने गरेका छन् । यस घटनासँगै अष्ट्रेलियाको समुद्रमा शार्क माछाको आक्रमणबाट यही वर्षमा आठ जनाको मृत्यु भइसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.