इथियोपियामा द्वन्द्व बढ्दै, सरकारी फौजले सहर कब्जा गर्‍यो

इथियोपियामा द्वन्द्व बढ्दै, सरकारी फौजले सहर कब्जा गर्‍यो

इथियोपिया : इथियोपियाका प्रधानमन्त्री अबी अहमेदको कार्यालयका अनुसार यहाँको सरकारी सुरक्षा फौजले अदिग्रत सहर कब्जामा लिएको छ ।

प्रधानमन्त्रीको कार्यालयले यही शनिबार यस्तो घोषणा गरेको हो । जसअनुसार उत्तरी तिग्रे क्षेत्रको राजधानी मेकेले पनि कब्जा गर्ने तयारीमा रहेको बताइएको छ । तिग्रे पिपल्स लिबरेसन फ्रन्टका अनुसार संघीय फौजले सहर कब्जा गर्ने क्रममा ९ जना आम नागरिक घाइते भएका छन् ।

स्थानीय समाचार अनुसार तिग्रे क्षेत्रमा यही महिनाको सुरुदेखि नै विद्रोही समूहहरु सक्रिय हुन थालेका छन् । नोभेम्बर ४ मा विद्रोही तिग्रेको आक्रमणमा केही नागरिकको ज्यान गएको थियो ।

विद्रोही तिग्रेले भने आत्मरक्षाका लागि आक्रमण गरिएको दावी गरेको छ ।

पछिल्लो समय इथियोपियाका विभिन्न क्षेत्रमा सशस्त्र द्वन्द्व बढ्न थालेपछि हजारौँको संख्यामा मानिसहरु सुडानतर्फ विस्थापित भएका छन् । यद्यपि अफ्रिकन युनियनले विद्रोही समूह र सरकारबीच वार्ताको लागि आफूले विशेष मध्यस्तता गर्ने घोषणा गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.