भुटानमा चीनको एउटा सिंगै गाउँ !

भुटानमा चीनको एउटा सिंगै गाउँ !

थिम्पु : चिनियाँ एक पत्रकारले गरेको ट्वीटका कारण चीन र भुटानबीच नक्साको बारेमा तनाब सिर्जना हुने शंकेत देखिएको छ ।

विवादित सीमा क्षेत्र डोक्लम नजिकै चिनियाँ एउटा गाउँ रहेको भन्दै स्याटेलाइटबाट खिचिएको गाउँको फोटो ती पत्रकारले सार्वजनिक गरेपछि अनेक आशंका उत्पन्न भएको छ । ट्वीटरमार्फत सार्वजनिक गरिएको उक्त फोटो लगत्तै डिलिट गरिए पनि यसबारे थप विवाद र विरोधाभाष उत्पन्न भएको छ ।

ती पत्रकारका अनुसार चिनियाँ भनिएको उक्त गाउँ भुटानको सिमानाभन्दा २ किलोमिटर भित्र रहेको छ । भुटानले भने आफ्नो भूभागमा चिनियाँ गाउँ रहेको दावीलाई अस्वीकार गरेको छ ।

‘भुटानी भूमिमा कुनै पनि चिनियाँ गाउँ छैन,’ भारतका लागि भुटानी दूत मेजर जनरल भी नाम्ग्यालले बताएका छन् ।

चिनियाँ सरकारी टिभी सीजीटीएन नेटवर्कका वरिष्ठ पत्रकार शेन शिवेइले यस्तो दावी गरेका हुन् । उनले ट्वीटरमा चिनियाँ गाउँ देखिने तीन वटा तस्बिर सार्वजनिक गरेका थिए । ‘अब हामीसँग स्थायी बसोबास भएको भर्खरै स्थापित भएको पांग्दा गाउँ छ, यो तिब्बतबाट ३५ किलोमिटर दक्षिणतर्फ उपत्याकाको छेउमा अवस्थित छ । यहाँ यसको लोकेसन देखाउन नक्सा छ,’ शेनले ट्वीट गरेका थिए ।

तर उनले पछि आफ्नो ट्वीट हटाइसकेका छन् । डोक्लम क्षेत्र त्यस्तो द्वन्द्वग्रस्त क्षेत्र हो, जहाँ २०१७ मा चीन र भारतबीच दोहोरो भिडन्त भएको थियो । स्याटेलाइट दृश्यका विज्ञ नाथान रुसरले भने त्यो गाउँ भुटानको सिमानाको २ किलोमिटर भित्र रहेको प्रतिक्रिया दिए । भुटानका वरिष्ठ पत्रकार तेन्जिङ लाम्साङले भने उक्त स्याटेलाइटको फोटो गुगलका आधारमा खिचिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.