एनआरएन साउदीको ५ सय अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

एनआरएन साउदीको ५ सय अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

साउदी अरेबिया  : साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५  सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ ।

एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम चाल्नुको साथै हवाई टिकट,सेल्टर व्यवस्थापन, स्वदेश फिर्ता (होम व्यवस्थापन ) लगायत विभिन्न कार्यमा गरी हालसम्म  ४७ हजार ६ सय ५३ साउदी रियाल सहयोग गरेको जनाएको छ।

तत्कालका लागि 'कोरोना उद्दार महाअभियान' समेत सुरूवात गरेको छ। जसअन्तर्गत रोजगारी गुमाएर खाना बस्न सेमत नपाएका नेपालीको लागि तत्काल आवास (सेल्टरको) व्यवस्था गर्ने, आवश्यक अनुसार खानाको व्यवस्थापन गरिने, अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ताका लागि हवाई टिकटस्वरूप प्रति पीडित व्यक्ति २  सय अमेरिकी डलरको व्यवस्था गरिने र स्वदेश फिर्ताका लागि आवश्यक पर्ने कोरोना टेस्टीङ (पीसीआर) रिपोर्टका लागि ८० अमेरिकी डलरको व्यवस्था गरेको छ।

साथै स्वास्थ्यसम्बन्धी उपचारको लागि सहयोग गर्नेलगायत स्वदेश फिर्ता हुने क्रममा काडमाडौं बिमानस्थलबाट आफ्नो घर सम्म जानको लागि  यातायातको व्यवस्था समेत गरिने भएको छ ।

कोरोना महामारीसँगै एनआरएन साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दूतावास परिवार,सामाजिक संघसंस्थालगायत भातृसंगठनसँग समन्वय गरी सहकार्य गर्दै आएको छ।  संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २ सय ५० पञ्जिकृत सदस्य रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.