झुलाघाट नाका पाँच दिनका लागि खुल्यो

झुलाघाट नाका पाँच दिनका लागि खुल्यो

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सोमबारदेखि पाँच दिनका लागि खोलिएको छ। नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।

भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको उनले बताए। उनले भने ‘भारतीय पेन्सनधारी नेपाली नागरिकले लामो समयदेखि पेन्सन बुझ्न पाएका छैनन्। त्यसैले उनीहरुको समस्यालाई मध्यनजर गरेर आजदेखि नाका खुलेको हो । ’

कोरोना भाइरसका कारण सीमा नाका झुलाघाट गएको चैतदेखि बन्द छ। नाका बन्द भएका कारण पेन्सनधारीले पेन्सन बुझ्न पाएका छैनन्। पेन्सनधारीहरुलाई पेन्सन बुझ्ने प्रयोजनका लागि  सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए। उनले भने ‘दुवै देशका स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा सर्तकताका मापदण्ड अपनाएर आवतजावत गर्न दिइएको छ । ’

नाका खुला भएको समयमा दुवै पक्षको समन्वयमा अत्यावश्यक र आकस्मिक काम परेकाहरुलाई पनि आवतजावत गर्न दिइने छ। बैतडीमा १२ सय बढी पेन्सनधारी नागरिक रहेका बताइएको छ।

यसैबीच भारतीय व्यापारीहरुले नाका खुलेको समयमा व्यापारिक गतिविधि गर्न दिन आग्रह गरेका छन्। नाका बन्द हुँदा सीमावर्ती भारतीय बजारका व्यापारीहरुको व्यापार ठप्प रहेकाले व्यापारिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको महाकाली आवाजका अध्यक्ष शंकर खडायतले बताए। उनले भने ‘लामो समयदेखि व्यापार ठप्प छ। उधारो असुल गर्नुपर्नेछ। त्यसैले यो समयमा व्यापारिक गतिविधि गर्न दिन पनि हामीले आग्रह गरेका छौं । ’

तर यो विषयमा जिल्ला प्रशासन कार्यालयले भने केही कुरा नभएको जनाएको छ। पेन्सनधारी नागरिकले पेन्सन बुझ्न र आकस्मिक समस्यामा परेका नागरिक बाहेक अरुलाई आवतजावत नाका गर्न नदिइने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.