काठमाडौंका ७७९‍ सहित उपत्यकामा थपिए १ हजार ७ संक्रमित

काठमाडौंका ७७९‍ सहित उपत्यकामा थपिए १ हजार ७ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४५४ महिला र ५५३ पुरुष छन्।

यस्तै पालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १ हजार ७ सहित १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १८ हजार ८८४  जना छन् भने ६२९ जना क्वारेन्टाइनमा  रहेका छन्।  सोमबार ३ हजार ४३  जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। 

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.