२४ घन्टामा कुन प्रदेशमा कति कोरोना संक्रमित थपिए ?
काठमाडौं : पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। नयाँ थपिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा संक्रमण देखिएको छ।
एकैदिन बागमती प्रदेशमा १२ सय ६९ जनामा संक्रमण देखिएको छ। प्रदेश १ मा भने २४५ जनामा संक्रमण देखिएको छ भने गण्डकीमा १८४ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनी प्रदेशमा १६५, प्रदेश २ मा र सुदूरपश्चिम प्रदेशमा ४७/४७ जना र कर्णालीमा २३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
यस्तै मन्त्रालयका अनुसार १८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १८ हजार ८८४ जना छन् भने ६२९ जना क्वारेन्टाइनमा रहेका छन्। सोमबार ३ हजार ४३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।
नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।