भारतमा ३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

भारतमा ३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

नयाँदिल्ली : भारतका केही राज्यमा सक्रिय सशस्त्र माओवादीका ३३ जना लडाकुले प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् ।

तेलंगना राज्यस्थित भद्राद्री कोठागुदेम जिल्लास्थित कम्युनिस्ट पार्टी माओवादीका लडाकुले सोमबार स्थानीय प्रहरी समक्ष आत्मा समर्पण गरेको प्रहरीले जनाएको छ ।

आत्मा समर्पण गर्ने क्रममा छिमेकी छत्तिसगढका समेत ८ जना माओवादी सदस्यहरु रहेको प्रहरीको भनाइ छ । उनीहरुले यसअघि प्रहरीविरुद्ध सडकमा एम्बुस थाप्नुका साथै प्रहरीलाई विभिन्न आक्रमणमा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भारतका झारखण्ड, छत्तिसगढ, तेलंगना, आन्ध्र प्रदेश लगायत विभिन्न जिल्लामा भूमिगत माओवादी सक्रिय छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.