दाहालको अडान, ‘प्रस्ताव फिर्ता लिन्नँ’

दाहालको अडान, ‘प्रस्ताव फिर्ता लिन्नँ’

काठमाडौं : सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बताएका छन्। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव पनि सचिवालयमा पेस भएपछि दुवैमा छलफल गरी थप निष्कर्ष निकाल्न मद्दत पुग्ने अध्यक्ष दाहालको भनाइ छ।

‘म मेरो प्रस्ताव फिर्ता लिन्नँ। प्रधानमन्त्री (ओली)ले पनि आफ्नो प्रस्ताव ल्याउने भन्नुभएको छ। दुवैको प्रस्तावमाथि पार्टी कमिटीमा छलफल हुन्छ। एउटा निष्कर्ष निस्कन्छ। यसमा पार्टी विभाजन हुन्छ कि भनेर आत्तिनुपर्ने कुनै कारण छैन’, दाहालले सोमबार आफ्नो पूर्वसमूहका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग भने, ‘पार्टी एकता मेरो तर्फबाट टुट्दैन। कुनै पनि सर्तमा पार्टी फुट्न दिन्नँ। यसमा म सकारात्मक छु। लचिलो पनि छु। तापनि हाम्रा समस्या छलफल गरेर हल गर्नुपर्छ। कमजोरी ज–जसका छन्, आत्मबोध गरेर त्यसलाई करेक्सन गरेर जानुपर्छ।’

दाहालले प्रधानमन्त्रीले ल्याउने प्रस्ताव हेर्नुपर्ने भन्दै आफ्नो प्रस्तावले पार्टी नफुट्ने जिकिर गरेका थिए। 

‘राजनीतिक प्रतिवेदन आउँदैमा कोही पनि आत्तिनु पर्दैन। मैले उठाएका कुरा जनताले थाहा पाएका छन्। पार्टीभित्र बहस चलेको छ। ओलीजीले पनि प्रतिवेदन ल्याउँछु भन्नुभएको छ। उहाँले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ त्यो हेर्नुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै नेता गजुरेलले भने, ‘प्रतिवेदनहरूले छलफल र समस्या समाधान गर्न मद्दत गर्छ। मेरो प्रतिवेदनले पार्टी फुट्दैन। पार्टी एकताकै लागि मैले पहल गरिरहेको छु।’

दाहालले पार्टी एकता कायम राख्ने÷नराख्ने भन्ने विषयमा बल प्रधानमन्त्री ओलीको कोर्टमा रहेको पनि बताएका थिए। उनले प्रधानमन्त्रीले जबर्जस्ती बहुमत पु¥याउने नाममा गणितको खेल खेल्न थालेको भन्दै त्यसलाई रोक्नुपर्ने पनि बताएका थिए।

रायमाझी, गजुरेललगायत नेताले ओली, दाहालसहित सचिवालयका ९ जना नै सदस्यसँग अलग–अलग भेट गरी एकताका लागि दबाब दिएका छन्। ‘हामीले सचिवालय सदस्यका ९ जना सदस्यलाई नै भेट गरेका छौं। स्थायी समितिका पनि समकक्षी अधिकांश सदस्यलाई भेट गरेर पार्टीभित्रको समस्या समाधान गरी एकता बचाइराख्न आग्रह गरेका छौं’, रायमाझीले भने, ‘सबै साथीहरू सकारात्मक हुनुहुन्छ। तर, फेरि समस्या कहाँ हो यसको पहिचान गरेर जानुपर्छ भन्ने छ। पहल जारी छ।’

उनले प्रधानमन्त्रीले दाहालले प्रस्ताव ल्याएपछि आफूले पनि ल्याउनुपर्ने अवस्था आएको जानकारी दिएको बताए। ‘म पनि मिलाएर जानेमा छु। तपाईंहरूका सुझाव ठीक छन्। प्रचण्ड (दाहाल)जीको डकुमेन्टमा म आफ्नो कुरा राख्छु भन्नुभएको छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ’, उनले भने, ‘पार्टीभित्र छलफल अन्तरविरोध भइरहन्छन्। तर, त्यसलाई पार्टीभित्रको विधि प्रक्रियाका आधारमा छलफल गरेर निकास निकाल्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.