पेन्सन बुझ्न सकस

पेन्सन बुझ्न सकस

बैतडी : जिल्लाको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्त सोमबार बिहानै झुलाघाट नाका पुगे। पेन्सनधारीका लागि नाका खुलेपछि गएको चैतदेखि रोकिएको पेन्सन बुझ्न उनी झुलाघाट नाका पुगेका हुन्। उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा पुगेका पन्त साँझ घर फर्कने योजनासहित झुलाघाट पुगेका थिए। तर साँझ ५ बजेसम्म लाइनमै बस्नु परेपछि उनलाई निकै समस्या भएको छ। 

पन्तजस्तै पाटनकै ८५ वर्षीय नारायण चन्द ठकुरी पनि पेन्सन बुझ्न भारतको झुलाघाट पुगेका छन्। तर उनले पनि सोमबार पेन्सन बुझ्न पाएनन्। धेरै पेन्सनधारी एकै दिन झुलाघाट पुगेपछि उनीहरूले पेन्सन बुझ्न नपाएका हुन्। नाकाबाट सबैलाई एकै पटक पठाउँदा समस्या भएको स्थानीय समाजसेवी सुरेश श्रेष्ठले बताए। 

एकै दिन सात सयभन्दा बढी भारतीय पेन्सनधारी नेपाली नागरिक झुलाघाट बजारमा पुगेका झुलाघाटका समाजसेवी शंकर खडायतले बताए। उनले भने, ‘५ दिनका लागि नाका खुलेको छ। धेरै मानिस एकै दिन आउँदा भीडभाड बढेको छ। पेन्सनधारी नागरिक ज्येष्ठ नागरिक भएकाले उनीहरूलाई बसोबासको समस्या भएको छ।’

पेन्सनधारीका समस्या समाधान गर्न सोमबारदेखि झुलाघाट नाका ५ दिनका लागि खुलेको छ। नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो। ५ दिनसम्म नाका खुला रहने भए पनि धेरैजसो पेन्सनधारी सोमबार नै झुलाघाट पुगिसकेका छन्। यसले गर्दा खान र बसोबासको समस्या भएको छ। 

पेन्सनधारीलाई बैंकले समेत पुराना झुत्रा नोट दिन थालेको झुलाघाट पुगेकाहरूले बताएका छन्। नेपालमा नचल्ने खालका पुराना नोटसमेत पेन्सनधारीलाई दिइएको स्थानीय सुरेश श्रेष्ठले बताए। बैतडीमा १२ सयभन्दा बढी भारतीय पेन्सनधारी नेपाली नागरिक छन्। उनीहरूले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.