बालिका हत्या प्रकरण : प्रदर्शन नियन्त्रण गर्न प्रहरीको हवाइ फायर (अपडेट)

बालिका हत्या प्रकरण : प्रदर्शन नियन्त्रण गर्न प्रहरीको हवाइ फायर (अपडेट)

बर्दिबास : महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कार गरेर हत्या भएपछि आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। प्रदर्शनकारीले प्रदर्शन स्थलमा निरन्तर ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। 

भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको एकिन नभइसकेको इलाका प्रहरी कार्यलय बर्दिबासका डीएसपी राजन चापागाइँले जानकारी दिए। प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

 डीएसपी चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो। 

आरोपितको घरमा लगाएको आगो अनियन्त्रित

बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।

घरमा लगाएको आगलागी भीषण हुँदै गएको डीएसपी चापागाइँले बताए। घरमा भएको सिलिन्डर पड्किएर आगो अनियन्त्रित्र भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.