उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ४१० महिला र ५३७ पुरुष गरी ९४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २७ सय ९१ जना डिस्चार्ज हुँदा २४ जनाकै मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने २ लाख ४ हजार ८५८ जनाले कोरोना जितेका छन् । अहिले सक्रिय संक्रमितको संख्या भने १७ हजार ८५९ रहेको मन्त्रालयले जनाएको छ । 

कुल १६ लाख ८१ हजार २९९ जनाको पीसीआर भएको नेपालमा अहिले क्वारेन्टिनमा ६२७ जना रहेका छन् । यस्तै ३९३ जनाको आइसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मंगलबार थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.