कृषिमन्त्रीलाई लगियो काठमाडौं
हेटौंडा : कोरोना संक्रमित बागमती प्रदेशका भूमि–व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं लगिएको छ।
हेटौंडा–९ स्थित सरकारी निवासमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्यमा थप समस्या देखिएपछि नेपाली सेनाको मंगलबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको उनका स्वकीय सचिव सुरज थपलियाले बताए। मन्त्री लामालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रको आईसीयू कक्षमा राखिएको छ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो।