बालिका हत्या प्रकरण : निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयको प्रदर्शन जारी

बालिका हत्या प्रकरण : निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयको प्रदर्शन जारी

बर्दिबास : बालिकाको हत्यारालाई कडा कारबाही तथा प्रहरीको बल प्रयोगविरुद्ध निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि स्थानीयले प्रदर्शन जारी राखेका छन्। ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई कडा कारबाही गर्दै स्थानीयले मंगलबारदेखि प्रदर्शन जारी राखेका हुन्।

प्रदर्शनलाई नियन्त्रणमा लिन मंगलबार प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी संजय न्यौपानको बुधबार बिहान उपचारका क्रमममा ज्यान गएपछि आन्दोलन झन चर्किएको हो। 

प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन्। प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका हुन्।

उनीहरूले बालिकाको हत्यारालाई कडा कारबाही गर्नुपर्ने, प्रहरी दमन अन्त्य गर्नुपर्ने, गोली चलाउने प्रहरी तथा गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्। 

त्यस्तै मृतक न्यौपानेलाई सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिसमेत दिन माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालका अनुसार  निषेधाज्ञा बिहीबार बिहान ६ बजेसम्म जारी रहनेछ।

सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ।

यसैबीच सर्वपक्षीय बैठक बसेर माग पूरा गर्नका लागि वार्ता टोलीसमेत बनेको छ। कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.