राजकुमार ह्‍यारीकी पत्‍नीको खुलासा: मेरो गर्भपतन भयो !

राजकुमार ह्‍यारीकी पत्‍नीको खुलासा: मेरो गर्भपतन भयो !

लण्डन : बेलायती राजपरिवारकी सदस्य तथा पूर्वयुवराज्ञी मेघन मर्केलले आफ्नो गर्भपतन भएको कुरा खुलासा गरेकी छन् ।

गएको समर सिजनमा उनको दोस्रो सन्तानको गर्भपतन भएको उनले बताएकी हुन् । न्युयोर्क टाइम्सको एक लेखमा मेघनले यस्तो खुलासा गरेकी हुन् । गत जुलाइमा ह्यारीसँगै लस एन्जलसमा रहेका बेला उनीहरुको सन्तान गर्भमै तुहिएको उनले जनाएकी हुन् ।

मेघनले बिहान छोरा आर्चीको हेरचाहबाट दिन सुरु भएको कुरा वर्णन गर्दै लेख सुरु गरेकी थिइन् । उनले आफ्नो छोरा आर्चीलाई सुमसुम्याउँदै गर्दा गर्भपतन भएको दोस्रो सन्तानको सम्झना भएको कुरा लेखमा उल्लेख गरेकी छन् ।

त्यस क्रममा आफू अस्पताल बस्नु परेको र अस्पतालको बेडबाटै पति ह्यारीको हात समातेको र आफूहरु दुबैजना रोएको कुरा लेखमा जनाएकी छन् । मेघन र ह्यारी गत वर्ष मात्रै बेलायतको राज दरबारबाट अलग भएर छोरा आर्चीसँगै क्यानडामा बस्दैआएका छन् । उनीहरुको परिवारमा सुमधुर सम्बन्ध नरहेको कुरा पनि बारम्बार बेलायती मिडियाले जनाउने गरेका छन् ।

एक डकुमेन्ट्रीमा त मेघनले आफू मिडियाबाट दिक्क भएको र मिडियाको दुनियाबाट टाढा बस्न मन लागेको भन्दै निराशा व्यक्त गरेकी थिइन् । यद्यपि केही मिडियाले भने ह्यारी र मेघनलाई परिवार र मिडियाबाट पनि तिरस्कृत पात्रको रुपमा अथ्र्याउने गरेका छन् ।

अमेरिकाको एक सामान्य परिवारमा जन्मिएकी मेघनले २०१८ को मे महिनामा बेलायती राजकुमार ह्यारीसँग विवाह गरेकी थिइन् । त्यसअघि उनी अमेरिकी टिभी रियालिटी शोकी एक अभिनेत्री थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.