बर्दिबास बालिका हत्या प्रकरण : सर्वदलीय बैठकले गर्‍यो चार बुँदे निर्णय

बर्दिबास बालिका हत्या प्रकरण : सर्वदलीय बैठकले गर्‍यो चार बुँदे निर्णय

बर्दिबास : बर्दिबासमा ६ बर्षीया बालिकाको हत्या भएको घटनाले उग्ररुप लिएको छ । आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिकाको हत्या गरेर फालेको अवस्थामा बोरामा शव भेटिएपछि बर्दिबासमा आन्दोलन चर्किएको हो । 

निषेधाज्ञापछि पनि अन्दोलन नरोकिएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको हो। 

सर्वदलीय बैठकले प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको निधन भएको सम्बन्धमा छानबिनका लागि समिति गठन गर्न सरकारसँग अनुरोध गर्ने, घटनामा घाइते भएका व्यक्तिको उपचारका लागि आवश्यक खर्च र क्षतिपूर्तिका लागि पहल गर्ने सहमति गरेको छ । 

त्यसैगरी बालिका हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने,  घटनामा गोली लागेर ज्यान गुमाएका सञ्जयको परिवारलाई क्षतिपूर्ति र उनलाई सहिद घोषणा गर्न सरकारलाई अनुरोध गर्ने सहमति गरेको हो । 

६ वर्षीय बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्नुपर्नेमा माग गर्दै बुधबार बर्दिबासमा आन्दोलन चर्किएको हो । 

बुधबार बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको थियो । समितिले कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोलीसमेत गठन गरेको थियो । 

आइतबार साँझदेखि हराएकी महोत्तरीको बर्दिबास-१४  स्थित शुभम् बस्तीकी ६ वर्षीय खातुनको शव सोमबार मध्यराति भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला-५ का अरुण साहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । 

बर्दिबास क्षेत्रमा निषेधाज्ञा 
घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कटुवालका अनुसार पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, उत्तर पाटुचोक र दक्षिणमा क्वाट्चोकसम्म निषेधाज्ञा जारी भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.