बेलायतमा हुर्किएकी दिप्ताको लगाव नेपाली गीत संगीतमा

बेलायतमा हुर्किएकी दिप्ताको लगाव नेपाली गीत संगीतमा

काठमाडौं : पाँच वर्षको उमेरमा बेलायत प्रवेश गरेकी दिप्ता थापाको घरमा सांगीतिक माहोल छ। भर्खरै बोली फुटेको अवस्थामा बेलायत गएकी भए पनि उनले त्यहाँ जाँदा नेपाली संस्कार र संस्कृतिलाईसँगै लगिन्। 

उनले आज १८ वर्षको उमेरमा मातृभूमिलाई सम्झिँदै प्रवासबाट आफ्नो मातृभाषामा सांगीतिक कोशेली  ‘यो जीन्दगी’  दिएकी छिन्। 

करिब एक दर्जन गीतहरु रेकर्ड गराइसकेका पिता दीपक उनका लागि गुरु जस्तै छन्। भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी आमा सुनिता पनि उनको गायन यात्रामा सधैँ सहयोगी रहिन्। 

दिप्ताले तयार पारेको नयाँ म्युजिक भिडियो ‘यो जीन्दगी’ बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी  ‘दुबसु’ले सार्वजनिक गरेका छन्। उनले नेपाली गीत संगीत मार्फत नयाँ पुस्तालाई नेपाली भाषा र संगीतमा जोड्ने काम दिप्ताले गरेको भन्दै खुलेर प्रशंसा गरे। 

दिप्ताको यो कामका लागि दिप्तासहित उनका बुवा र आमालाई  विशेष धन्यवाद दिए। सो अवसरमा दिप्ताले आफ्नो पहिलो गीत नेपालमा रहेकी बिरामी हजुरआमालाई समर्पण गर्दै गाएको बताइन्। 

दिप्ताको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत र गजलकार सञ्जिता देउजाको शब्द रहेको छ।  

भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ। भिडियोको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.