महासंघको निर्वाचन भोलिदेखि : ढकालले सार्वजनिक गरे एफएनसीसीआई भिजन

महासंघको निर्वाचन भोलिदेखि : ढकालले सार्वजनिक गरे एफएनसीसीआई भिजन

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलले ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक गरेको छ। एजेन्डा समेटेर उक्त समूहले बुधबार २५ बुँदे भिजन सार्वजनिक गरेको हो।  

महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ। वरिष्ठ उपाध्यक्ष र  अर्को कार्यकालमा अध्यक्ष हुँदा महासंघमा गर्नुपर्ने सुधारका पक्ष र उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यले ढकालले भिजन सार्वजनिक गरेका हुन्। 

उनले महासंघको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य संघलाई सक्षम र सवलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण लगायत २५ बुँदे भिजन सार्वजनिक गरिएको हो।

 महासंघ र नेपालको उद्योग व्यवसाय क्षेत्रको विकास विस्तारका विषयलाई यस भिजनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य समेटिएको छ।  

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशन बिहीबार हुने भएको छ। साधारणसभाको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले जुममार्फत गर्नेछन्। तर महासंघका पदाधिकारी र केही विशेष पाहुना प्रत्यक्ष सहभागी हुनेछन्। शुक्रबारको बन्दशत्र पनि भर्चुअल हुने भएको छ। 

महासंघको नयाँ नेतृत्व चयनका लागि मंसिर १३ गते शनिबार मतदान हुनेछ। मतदानका लागि तीन स्थान तय गरिएको छ। उद्योग वाणिज्यतर्फको मतदाता प्रज्ञा प्रतिष्ठान, एसोसिएट्सतर्फको मतदान कार्की बैंक्वेट र वस्तुगततर्फको मतदान महासंघको सचिवालयमा हुनेछ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा शनिबारबाट अध्यक्ष बन्दैछन्। वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा हुनेछ। दुवै प्रतिष्पर्धीे प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन्। 

जिल्ला नगर उपाध्यक्षमा ढकालको प्यानलबाट गुणनिधी तिवारी र प्रधानको प्यानलबाट दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। 

बस्तुगत उपाध्यक्षमा ढकाल प्यानलबाट उमेशलाल श्रेष्ठ र प्रधान प्यानलबाट अञ्जन श्रेष्ठ प्रतिष्पर्धा गर्दै छन्। त्यस्तै एशोसिएट्स उपाध्यक्षमा ढकालबाट रामचन्द्र संघई र प्रधान प्यानलबाट सौरभ ज्योति प्रतिस्पर्धामा छन्।

एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ पदका लागि १ सय २७ जना प्रतिष्पर्धामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.