विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

लण्डन : विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो ।

तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया गरिएको थियो ।

म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाई दिएको सूचना अनुसार उनको घरमै हृदयघातका कारण निधन भएको हो । शल्याक्रिया गरेको ३ हप्तापछि निधन भएको बताइएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्‍वकप जितेको थियो । त्यसबेला विश्‍व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो । त्यसभन्दा पनि प्रमुख कुरा इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो । जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए ।

यद्यपि म्याराडोनाले हातले गोल हानेको कुरा जितको घोषणापछि मात्रै थाहा भयो । जुन गोललाई म्याराडोनाले 'ईश्वरको हात' भनिदिए । जुन घटना र प्रसंग अझै विश्व फुटबल इतिहासमा स्मरणीय मानिन्छ ।

त्यसपछिका केही वर्षमा अर्जेन्टिनी फुटबलको उचाइ र प्रभाव बढ्नुमा म्याराडोनाको महत्वपूर्ण भूमिका मानिन्छ । तर पनि उनी बारम्बार खेलमा प्रतिबन्धित हुनुका साथै अत्याधिक लागूऔषध सेवनका कारण सुधारगृहमा समेत बस्‍नु परेको थियो ।

१९९९ र २००० मा पनि उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनु परेको थियो । २००४ मा फेरि स्वासप्रस्वास तथा लागूऔषध सेवनबाट उत्पन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा उनको उपचार गरियो ।

पछिल्लो पटक २०१० को विश्वकपमा म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए । त्यसबेला उनले अर्जेन्टिनाले विश्वकप जितेमा नांगै हिँड्ने अभिव्यक्ति दिएका थिए । तर दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा अर्जेन्टिना सेमी फाइनलमा पनि प्रवेश गर्न पाएन ।

म्याराडोनाका वकिलका अनुसार उनी ८ दिनको अस्पतालको उपचारपछि नोभेम्बर ११ मा डिस्चार्ज भएका थिए । बुधबार उनको निधनको खबर बेलायती मिडियाले दिएका छन् । उनको निधनको खबरसँगै थुप्रै प्रसंशकहरुले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.