नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेललाई कोरोना पुष्टि

नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेललाई कोरोना पुष्टि

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य देवशंकर पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका परिवारका सदस्य कसैलाई पनि हालसम्म लक्षण नदेखिएको पौडेलले अन्नपूर्ण अनलाइनलाई बताए। होम आइसोलेसनमा बसिरहेका उनले कवितामार्फत पनि आफू र आफ्नो परिवारलाई संक्रमण भएको जानकारी दिएका छन्। उनी हाल काठमाडौंको घट्टेकुलोमा बस्दै आएका छन्।

रामेछाप जिल्लाका इन्चार्जसमेत रहेका उनले कवितामा नेपालको हालको राजनीतिक परिवेशलाई व्यङ्ग्यसमेत गरेका छन्। ।

यस्तो छ उनको कविता
~भेट्नै पर्ने भा'छ~

फैलदैछ, कोरोनादि संसारी द्यौद्यौता ।
गुमाने र धन्जीतेको कथा पढें यौटा ।।

गुमानेको प्रेम-पत्र प्रक्षेपण भा'को ।
धन्जीतेको प्रति-पत्र घमण्डको पोको ।।

धनी भा'छ धनजीते, गुमाने गुम्नामी !
घोडा चढ्यो, विचौलिया; दलाल पो नामी ।।

नीतिहिन विरोधमा लड्दै 'वीर' जात ।
बाझिरहे जिङ्ग्राउला, मिले दूध भात ।।

हाम्रो परिवार भित्र कोभिडले च्याप्यो ।
ओखति नै न'भा रोग शरीरले थाप्यो ।।

पच्चीस गते मंसिरमा भेट्नै पर्ने भा'छ ।
गन्दै जाँदा जान मिल्ने तिथिमिति पा'छ ।।

[घट्टेकुला, काठमाडौं ।]


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.