प्रत्येक १०० सेकेन्डमा एक बालबालिका एचआईभी संक्रमित !

प्रत्येक १०० सेकेन्डमा एक बालबालिका एचआईभी संक्रमित !

न्युयोर्क : हरेक एक मिनेट ४० सेकेन्डको अन्तरमा एक बालबालिका वा किशोरकिशोरी (२० वर्ष मुनिका) एचआईभीबाट संक्रमित हुने गरेको तथ्य खुलासा भएको छ ।

संयुक्त राष्ट्रसंघको गत वर्षको तथ्यांक अनुसार यस्तो खुलासा भएको हो । संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बालबालिका आपतकालिन कोष (यूनिसेफ)ले यही बुधबार यसबारे तथ्यांक सार्वजनिक गरेको हो ।

झण्डै ३ लाख २० हजार बालबालिका र किशोर किशोरीहरु गत वर्ष संक्रमित हुनुका साथै १ लाख १० हजार बालबालिका एचआईभीबाट मृत्यु भएको तथ्यांक यूनिसेफले सार्वजनिक गरेको हो ।

यूएनको रिपोर्ट अनुसार विश्वभर झण्डै आधा बालबालिकाको जीवनरक्षाका लागि उपचारमा पहुँच पुग्न सकेन ।

‘बालबालिकाहरु संक्रमित हुने दर अझै डरलाग्दो रुपमा बढेको छ, र उनीहरु झै पनि एड्सबाट मरिरहेका छन्, यो कोभिड १९ भन्दा पहिले पनि थियो, र एचआईभी उपचार र रोकथाम सेवामा अवरोध थियो,’ यूनिसेफका कार्यकारी निर्देशक हेनरित्ता फोरको भनाइ छ ।

यूनिसेफका अनुसार कोभिड १९ महामारीले गर्दा एचआईभी पीडित बालबालिकाको जीवन रक्षाको सवालमा असमानता थपिदिएको छ । यस्तै किशोरकिशोरीहरु र गर्भवती महिलाहरु पनि जोखिममा रहेको बताइएको छ । ‘विश्व अहिलेको विश्वव्यापी महामारीविरुद्ध संघर्ष गरिरहँदा दशौँ हजार बालबालिकाहरु एचआईभी महामारीको पीडामा छटपटाइरहेका छन्,’ यूनिसेफका कार्यकारी निर्देशक फोरले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.